Posted by: truelines | July 16, 2009

What my Mama Said to me?

I couldn’t sleep last night

There was something on my mind

I lay there wishing in the dark

Someone can tell me why?

If u love somebody

From the bottom of heart?

Why do u hurt each other?

How does if fall a part?

Then I heard a voice she said as she sat down on my bed

And I can still remember what my mama said

Love can give love can take

Love can bend and love can break

When u think it’s over it’s not the end

Don’t give in just be strong

Please remember son my mama said

There aint no broken heart

Love cannot mend

My maama said no one knows

What your life got store

You may go walking on the moon

You may be rich or poor

But I know for certain

If you try to reach the stars

Anything is possible

Your dream is what you are

But when it comes to matters of the heart

There is no guarantee

All that I can say to you is what my mama said to me

Love can give love can take

Love can bend and love can break

When u think it’s over

It’s not the end

Don’t give in just be strong

And please remember my mama said

There is no broken heart love cant med

So one day in my life time

When my world falls apart

I won’t cry

I’ll just tell my heart

Love can give love can take

Love can bend and love can break

When you think it’s over it’s not the end

Don’t give in just be strong

And please remember what my mama said

There aint no broken heart

Love cannot mend

BY: Declan Galbraith

Created by Michelle Ann B. Plares

Posted by: truelines | July 10, 2009

The Burning of Tri-Chandra

Class rooms and admin office of Trichandra college under fire

Class rooms and admin office of Trichandra college under fire

Who was it that set fire,
To that very classroom where, only yesterday, I had dreamt of a better tomorrow
To that very desk where, only yesterday, I had sat at and studied.

If no flowers of creativity bloom in your black minds, then it’s alright
Why uproot the seeds that others have planted?

If your hands can’t light up a black room, then it’s alright
Why set fire to my classroom where sparks to light the world are produced?

If you can’t read, it’s alright
If you can’t write, it’s alright
Why burn down the books in my library?

Why not set fire to those dirty rooms where, daily, our country is sold?
Why not speak out against those who’ve struck us dumb time and again?
Why not rise up against those who attract us with flowers, only to pierce us with their thorns?

Forgive me, my friend,
My quarrel only lies with the thoughts you carry and those flames you wield.

trichandra2

This poem was originally written in Nepali. Translated into English by Pranaya SJB Rana, V.E.N.T! Magazine.


Posted by: truelines | July 3, 2009

What is ACT NOW for Nepal Campaign?

A small group of youth decided to do something for the country, to ensure peace, to make constitution on time. So a facebook group started. Many people ask me about ACT NOW, so i want to make clear about ACT NOW!

This is an initiative to show our solidarity as a generation that stands beyond personal and political greed – a generation of Nepalese ready to sacrifice our lives and promising careers elsewhere to achieve better a future right here in Nepal.

“We remember and see conflict, war, poverty, deprivation and political turmoil inflicting Nepal since ages. We have been surviving through impunity, insecurity and lacuna of trust every day. Each day more than 700 young people are migrating out of the country in search of greener grass. Nepal is losing its brains and muscles.

We hate everybody; we complain against everything because we cannot change things or people as we want. Though we are frustrated and confused, we know what we want.

We want PEACE, DEMOCRACY, TRUST, DEVELOPMENT because we DESERVE those. But we also know that these rights come with responsibilities. We, as a generation, are ready to SACRIFICE ourselves, our career and our lives. We stand beyond any political or personal interests. We want better future right here in Nepal. And for that we know we have to act now!

For more about ACT NOW!

Email: actnow_nepal@hotmail.com
, actnownepal@gmail.com

Blog: actnownepal.wordpress.com

Face book: http://www.facebook.com/group.php?gid=85691476782&ref=ts

Posted by: truelines | June 1, 2009

Is Banda a solution or अराजकता?

We are facing so many bandhas, few weeks ago; there was bandha in terai for more than a month. Today there is Kathmandu bandha. It seems like bandha has become our culture- to demand anything we have a culture of bandha and chakkajam. Is it a solution? Is it only the best option to raise the voice? If we are really responsible citizen then we should say “NO” to all kinds of bandha. The bandha culture will lead us no where.

Say No to bandha..

ACT NOW!

Posted by: truelines | May 14, 2009

To all non sense commenter

I have been reading the Facebook status and comments from young Nepali people, most of them who are abroad but it’s really frustrating to read the comments from different young people. I doubt that if they really know what the politics mean? Are they aware about the Nepali political history? Blaming is the easiest thing in this world… If we keep on blaming then one day one will be left and we will end on ourselves…. is this what we want? Or??? A responsible citizen first think about his or her responsibility rather than blaming others..

I am very sorry being straight to the points…but I want to ask to all the people who are blaming other to think what they have contributed to the nation rather than just giving non sense comment on this kind of sites and Facebook…
My recommendations to all people please read the Nepali political history and analyze the present and provide the comment…

Thanks

राजनीतिले प्रभाव नपार्ने कुनै पनि विषय र क्षेत्र हुदैंन भलै केही मानिसहरु ू राजनीति भनेको फोहोरी खेल हो राजनीतिमा मलाई कुनै चासो छैनू भनेर उम्किन खोज्छन् तर उनिहरुलॆ के बुझ्नु पर्दछ भने राजनीतिले समाज र राष्ट्रका हरेक क्षेत्रमा प्रभाव पारिरहँदा त्यस प्रभावबाट उनिहरु पनि मुक्त हुन सक्ने छैनन् ।

कतिपय युवाहरु राजनीतिको कुरा गर्ने वित्तिकै मुन्टो बर्टान थाल्छन् । तर त्यस्तो प्रवृक्तिले उनिहरुको चेतना स्तर न्युन रहेछ भन्ने कुरा झल्काईरहेको हुन्छ । पछिल्ला केही दिनका राजनीतिक घटनाक्रमले शान्ति प्रकृया र संविधान निमार्ण प्रकृयालाई नराम्रो धक्का लागेको छ ।

यदि यस्तै अन्यौलता कायमै रह्यो भने संविधान समयमा बनाउन सकिदैंन र यदि संविधान समयमै बन्न सकेन भने त्यस बेला अहिलेको भन्दा पनि भयानक संवैधानिक र राजनैतिक जटिलताको अनुभव हामीले गर्नु पर्ने हुनसक्छ । सौचौं त…… त्यत्तीबेला हामी कहाँ हुन्छौं जब सबै विकल्पहरु समाप्त हुन्छन् त्यस समय पुर्पुरोमा हात राख्दै आफुले गरेका गलत कृयाकलापको पश्चाताप गर्नु बाहेक हामीसंग अरु केही बाँकी रहनेछैन । त्यस समय गोहीको आँशु चुहाँउदै कुहिनो बजार्ने र हाम्रो कमजोरीमा आफ्नो फाइदा देख्ने अन्र्तराष्र्टिय शक्तिहरुको निर्विकल्प दवाव हामीले सहनु पर्ने हुनसक्छ ।
वितेका केही दिन देखी गैह्र राजनीतिक युवाहरुको ठुलो समुह वर्तमान गतिविधीहरुले निम्त्याउन सक्ने गम्भिर परिणामबारे चिन्तित छ । युवा भन्ने वित्तिकै एक त मनोरन्जन पिक्निक रमाइलो डाङ्गडुङ्ग मात्रै सोचिने या राजनैतिक दलहरुमा आवद्ध युवाको झुण्डलाई बुझिने गरिएको यस समयमा राजनीति प्रति सचेत राजनैतिक चेनता भएका तर कुनै पनि राजनैतिक दलको झण्डा मुनि नबसेका लाखौं युवाहरुले आफ्नो आवाजलाई समयमै उठाउन जरुरी छ ।
आवाज उठाउने भन्नाले कुनै माग राखेर आन्दोलन गर्ने सडकमा टायर बाल्ने चक्का जाम तोडफोड गर्ने जस्तो साघुँरो दायरामा मात्रै सोच्नु हुदैंन । यो युवा पुस्ताले बुझेको छ एक एक जनताको करबाट बनाईएको सार्वजनिक सम्पक्तिको मुल्य कति छ भन्ने कुरा…॥ प्रतिकृयाको राजनीति गर्ने अनि भावावेशमा आएर आन्दोलन गर्ने कामले देशलाई कुनैपनि कोणबाट हित गर्दैन भन्ने कुरा आज सम्मका गतिविधीबाट प्रस्ट भएका छ ।
राजनीतिको कुरा गर्ने वित्तिकै दलका नेताहरुको सक्तो सराप गर्ने अरुलाई मात्रै दोष दिने अरुलाई आरोप लगाउँदै आफुलाई चोखो सावित गर्न खोज्ने प्रवृत्तिले भन्दा फरक भएर अगाडी बढ्नु पर्नै आव्श्यकता छ । किनभने अरुलाई आरोप लगाएर अरुलाई दोष दिएर र अरुका कमजोरी औंल्याएर हामीले आफ्नो कर्तव्यलाई भुल्न पाउँदैनौं । यो समय कसले कहाँ गल्ति गर्यो भनेर सोच्ने मात्रै होइन हामीले आफ्नो तर्फबाट के गर्यौं भनेर घोत्लिने समय पनि हो ।
यो देशमा राजनैतिक दलहरुमा आवद्ध युवा कति होलान् २ लाख ५ लाख तर जनसंख्याको करिब ३५ प्रतिशत हिस्सा ओघट्ने अरु लाखौं कराडौं युवाहरु जो देशको वर्तमान परिस्थिती प्रति साच्चिंकै गम्भिर छन् ति युवाले संगठित भएर सकारात्मक दबाब दिन सक्नुपर्छ । यदि हामीले यस समयमा हाम्रो उर्जा र सिर्जना शक्तिको उपयोग गर्दै रचनात्मक भुमिका खेल्न सकेनौं भने देशको इतिहासको सबैभन्दा जटिल र संवेदनशील राजनैतिक प्रकृयामा शहभागी हुनबाट हामी विमुख हुनेछौं । तर हाम्रो भुमिका यतिबेला घटनाको साक्षी बन्ने मात्रै होइन ।
यस्तै किसिमको अन्यौलता कायमै रहेर शान्ति प्रकृया र संवैधानिक प्रकृया धरापमा पर्यो भने हामीले पानी माथिको ओभानो हुने छुट पाउनेछैनौं र त्यस दुर्दषाको दोषी हामी पनि हुने छौं ।
कुनै पनि विकसित देशको इतिहासलाई पल्टाएर हेर्ने हो भने त्यस देशको एक पुस्ताको योगदान र त्याग रहेको हामी पाउँदछौं । अब पालो हाम्रो आएको छ । यो देशले हामी सबैको सार्थक भुमिकाको खोजी गरेको छ । यतिबेला हामी आफ्नो पढाई जागिर परिवारलाई देखाएर आफ्नो भुमिकाबाट उम्कन सक्दैनौं ।
भोली डुङ्गा डुब्यो भने के हामी बाँकी रहन्छौं अब प्रश्न उठ्छ हामी के गर्न सक्छौं हाम्रो भुमिका के हुन सक्छ निश्चित रुपमा राजनैतिक दलहरुले हामीलाई स्थान दिनेछैनन् त्यसैले हाम्रो लागी स्पेस हामी आफैले खोज्नुपर्छ । यति बेला कलाकार व्यवसायी विधार्थी कृषक संचारकर्मी जागिरे कृषक सबै युवाहरुको एउटा खुकुलो संयन्त्र बनाई हाम्रो आवाजलाई जोडदार रुपमा राख्न सक्छौं । ताकी त्यसबाट राजनैतिक दलहरुलाई सकारात्मक दबाब दिन सकियोस् । हाम्रो आवाज के हुन सक्छ त हामीले कुनै दललाई ठिक र वेठिक अनि कस्को कति गल्ति छ भनेर छुट्याउनु हुदैंन । हामीले राजनीतिक प्रकृयामा भए गरेका त्रुटि औंल्याउनु पर्दछ र त्यसलाई सुधार्ने दिशामा दबाब दिनु पर्दछ । यतिबेलाका प्रमुख दुई राष्ट्रिय मुद्दा भनेको शान्ति प्रकृयालाई तार्किक निश्र्कषमा पुर्याउने र अर्काे भनेको समावेशी र जनताको चाहानालाई सम्बोधन गर्नै किसिमको संविधान तोकिएको अवधी भित्रै बनाउने हो । यि दुइवटा प्रकृया संगसंगै अघि बढ्दा राजनैतिक दलहरु विच ठुलो विवाद आउनसक्छ र त्यो विवादमा एकले अर्काे विचारलाई निषेध गर्न खोजिइन सक्छ । हामीले त्यस्ता खाले कुनैपनि संवादहिनताको अवस्थामा राजनैतिक संवादलाई अघि बढाउन दबाब दिन सक्छौं । राजनैतिक दल विच संवाद अघि बढाउन सहजकर्ताको भुमिका खेल्न सक्छौं ।
संविधानमा लेखिने कुरालाई व्यापक जनबहशमा लग्नको लागी त्यसमा युवाको व्यापक शहभागिता बढाउने कृयाकलाप गर्न सक्छौं । र जबसम्म इतिहासमै पहिलो पटक नेपाली जनताले आफैले संविधान लेखिसक्दैनन् त्यत्तिबेलासम्म हामीले आफ्नो सकृयतालाई कायमै राख्नुपर्छ ।
हामीले अहिले नै केही गरेनौं भने हामी चुक्ने छौं र हाम्रो चुकाईको मुल्य धेरै महँगो सावित हुनसक्छ । यसर्थ देशको कुनाकुना देखी काठमान्डुसम्म आफ्नो दैनिकीमा व्यस्त गैह्र राजनीतिक युवाहरु एकपटक गम्भिर भएर सोचौं यदि हामी अघि बढेनौं भने कोही बढ्ने छैनन् ।

Posted by: truelines | May 6, 2009

लाली गुराँसको फुल

This poem i wrote in my office at lunch time.

लालीगुराँस उनिहरुको सपना थियो ।

उनिहरुले लालीगुराँसको बोट रोपे पानी हाले र गोडमेल गरे

उनिहरुको मेहेनतले एक दिन सुन्दर लाली गुराँसको फुल फुल्यो॥

उनिहरुले सबैथोक गरे तर काढेँबार लगाउन विस्रैछन्

एकदिन छिमेकीको गोरु आएर सबै लालीगुराँसको बोट खाईदियो ।

Posted by: truelines | April 24, 2009

मेरो गाउँ

रंग उडेका सपनाहरु र खिया लागेका रहरहरु संगालेर सताब्दियौं देखी
कुनै एतिहासिक मन्दिरको मुर्ति जस्तै
जहीँको तहीँ छ मेरो गाउँ

पुस्तै पिच्छे फेरिएका मानिसहरु मानिसका सपनाहरु
अनि फेरिएका व्यवहारहरु विच
उहि खोला उहि धुलो र उहि दुःख संगै
बाचिँरहेछ मेरो गाउँ ।

मेरो गाउँका युवाहरु भ्याएसम्म अमेरिकी डि।भी भर्छन्
क्यानडा युरोप र अस्टे्रलियाको भिषा अप्लाई गर्छन्
त्यसो गर्न नसक्नेहरु अरब ताक्छन्
अनि त्यसो पनि गर्न नसक्नेहरु
दिनभरी गाउँको चौतारामा तास खेल्छन्
साँझपख नजिककैको चिया पसलमा
तिघ्रा पट्काएर भन्छन् ू यो गाउँमा बसेर केही हुन्नू
जस्तो म दिनभरी शहरको चोक र गल्लि नाप्छु
अनि साँझपख गाउँ फर्केर खुट्टा पसा्रछु ।
यदि मेरो गाउँ नहुदों हो त यो विश्व भुमण्डलमा
मेरो खुट्टा पसार्ने ठाउँ हुने थिएन ।

म प्रत्येक दिन मेरो गाउँको धुलो दुःख गोबर
अनि रहर पोल्टा भरि बोकेर शहर पस्छु
तर शहरमा त्यो कहिल्यै बिक्दैन

शहरमा गाउँको पसिना कवाडीको भाउमा विक्छ
जुन वेचेर मेरा कैयौं पुस्ताले आफ्नो जिवन रित्याए ।

शहरमा गाउँका मानिसको भोट विक्छ
जुन वेचेर धेरै नेताको राजनीति चल्छ
शहरमा गाउँको गरिबी विक्छ
जुन वेचेर धेरै प्रोजेक्ट चल्छ
त्यसको बदलामा गाउँले एउटा अंग्रेजी भाषाको रिर्पाेट पाउँछ
जहाँ लेखिएको हुन्छ ू एकादेशमा गाउँमा गरिबी थियो जुन वेचेर गाउँले एउटा रंगिन रिर्पोट पाएको छ । ू

गाउँलाई सबैको इतिहास थाहा छ
कुनैदिन गाउँमा काँक्रो चोर्नेहरु
गाउँको बनमा डढेंलो लगाउनेहरु
अनि गाउँमा चप्पल घिसार्नेहरु
आज हाकीम पलिस आर्मी व्यापारी नेता
र कोही विदेशी भएका छन्
ज्ासले गाउँ फर्कने बाटो विराएका छन्
गाउँले शहर छिर्ने बाटो जान्दैन ।

मेरो गाउँमा मलाई चिन्नेहरु
मेरो डाहा गर्नेहरु
मेरो कुरा काट्नेहरु
मलाई माया गर्नेहरु
सबै बस्छन्
र मेरो आधा मन बस्छ
मेरो आधा मन शहर तिर डेरा गर्दछ ।

यो गाउँमा किन किन आज मेरो मन अट्दैन
शहरको हावा खाएर मलाई गाउँ गनाउन थालेको छ
हो गाउँमा मेरो इतिहास छ
तर गाउँमा म आफ्नै भव्ािष्य देख्दिन ।

मेरो गाउँ
पैताला भरि तिम्रो माटो बोकेर
आज शहर पस्दैछु
शहरको भिडमा आफैलाई हराएँ भने
आफुलाई खोज्न कुनैदिन गाउँतिर फर्कुलाँ है ।
2066/1/11
April,24,2009

मन्त्रिज्यु सामान्यतया हामी कहाँ कुनै पनि वस्तुको प्रतिकृया दिने दुई वटा संस्कार अधिक प्रचलनमा छन् । एउटा कुनै चिजको अन्ध प्रसंसा गर्ने र अर्काे विरोधका लागी केवल विरोध गर्ने । यि दुई चरम धार विचका गुण र दोषको विश्लेषणको आधारमा पुष्ठपोषण दिने न्युन संस्कार विच हुर्किएको एक युवा आज तपाईंलाई सिधै पत्र लेख्ने दुस्साहास गरिरहेको छ । यहाँलाई अवगत नै छ एक सामान्य युवाले यो देशको मन्त्रिलाई भेट्न कति मुश्किल छ । या त उसले कुनै राजनैतिक शक्तिको प्रयोग गर्नुपर्छ या मन्त्रिज्युको स्वकिय सजिवलाई खुशी पार्नु पर्छ यि दुईमा कुनै थपघट भएको र मलाई ज्ञात नभएको भए क्षमा प्रार्थी छु मा यि दुई सामाथ्र्य नभएको हुनाले सिधा पत्र कोर्दै छु । तपाईलाई भेट्न म एकदिन मन्त्रालय जादाँ मन्त्रालयको दुरावस्था हेर्दै रित्तै फर्किएँ । मन्त्रालयको वार्षिक कार्यक्रममा केही प्राविधिक त्रुटीहरु समेत रहेको पाएँ… जुन पछि सच्याईएको छ ।

मेरो पहिलो भेट तपाईसंग एउटा होटलको कार्यक्रममा भएको थियो जुन कार्यक्रमको अघिल्लो कुसर्ीमा बसेर यहाँ घुर्नुभएको मेरो मानसपटलमा ताजै छ । दोस्रो भेट तपाइँको र मेरो कुपण्डोलको एक सामान्य हजाम पसलमा दाह्री काट्दा भएको थियो । म जुन सैलुनमा दाह्री काट्न लुक्त छिरें संयोगवश तपाइँ त्यहीँ दाह्री काटिरहनुभएको थियो । मन्त्रि जस्तो व्यक्ति पनि सामान्य सैलुनमा कपाल दाह्री काट्नुहुदों रहेछ भन्ने थाहा पाउँदा खुशी लाग्यो ।
यस बाहेक केही औपचारिक कार्यक्रममा यहाँलाई देखेको छु तर अधिकांश कार्यक्रममा यहाँ केही बेर निदाउनुभएको थियो । यहाँलाई स्लिपिङ्ग एनिमिया भन्ने रोग लागेको रहेछ यस प्रति मलाई सहानुभुती छ । यो रोग छिट्टै निको होस् भन्ने मेरो कामना । तर मन्त्रिज्यु जुन दिन देखी युवा नीतिको अन्तिम मस्यौदाको बारेमा थाहा पाएको छु… मेरो भने निन्द्रा हराएको छ ।
एक युवा हुनुको नाताले युवा नीतिको बारेमा गम्भिर चासो हुनु स्वभाविक नै हो । नेपालको इतिहासमै पहिलो पटक युवा नीति लागु हने क्रममा छ यो निश्चय नै खुशीको कुरा हो । तर नीति आउनु मात्रैमा पनि आफैमा कुनै उत्साहको कुरा होइन जबसम्म त्यसको प्रभावकारी कार्यान्वयनको आभाष पाइँदैन । नेपालमा कति यस्ता नीतिहरु होलान् जुन कागजमा सिमित छन् र त्यसको कायान्यवयन भएको छैन । जहाँसम्म युवा नीतिको सन्र्दभ छ नेपाली युवाका मुख्य तिन सवाल छन् ः पहिचान प्रतिनिधीत्व र पहुँच । कुनै पनि नीति बनाउँदा त्यस नीति को प्रति लक्षित छ र त्यसको लाभ पाउने को हुन् भन्ने बारेमा स्पष्ट भईएन भने त्यस्तो नीति हुस्सुमा हराएको काग जस्तै हुन्छ ।
युवा पहिचानको कुरा गर्दा युवा नै को हुन् भन्ने बारेमा स्पष्ट हुन जरुरी छ । युवा कसलाई भन्ने भन्ने कुरामा यदि उमेर को आधारमा स्पष्टता भएन भने कार्यान्वयनमा त्यसले ठुलो समस्या ल्याउन सक्छ । अहिले मस्यौदा भएको युवा नीतिले युवाको उमेरलाई सोह्र देखी चालिस वर्ष सम्म मानेको छ । यो कुरा सुन्दा म अवाक् भएको छु ।
के अब बन्ने युवा नीतिले आमा र छोराको समस्या एउटै हो र उनिहरुको लागी एकै किसिमको कार्यक्रम अवलम्बन गर्ने सोच बनाएको छ यदि यसैलाई कायम गर्ने हो भने यो युवा नीति नेपालको युवाका तमाम समस्यालाई सम्बोधन गर्न नसक्ने भुक्ते हतियार मात्र हुन सक्छ । युवा उमेर जति बढायो त्यसले युवाको संख्या त्यत्तिनै बढाउँछ र उनिहरुका लागी कार्यक्रमको योजना बनाउन त्यत्तिनै अप्ठेरो हुन्छ । यदि यसलाई बेलैमा सच्याइएन भने यसले नचिताएको समस्या ल्याउन सक्छ । युवा उमेरको बारेमा भएको यस्तो सतही निर्णयले यसको प्रभावकारी कार्यान्यवनको सुनिश्चितता कसरी गर्न सक्ला

कतै यो नीतिले राजनैतिक दलका विभिन्न संगठनमा रहेका वहस्यकहरुलाई संरक्षण दिन खोजिरहेको त छैन भन्ने गम्भिर प्रश्न उब्जाएको छ ।
हामी कहाँ कम उमेरका व्यक्तिलाई विशेष गरि विकासको काममा विश्वास गर्ने संस्कार छैन । म आफैले पनि धेरै ठाउँमा आफ्नो वास्तविक उमेर चौविस वर्षलाई बढाएर अठ्ठाइस्र उन्नतिस भन्नेगरेको छु । केही महिना अघि दिल्लीमा भएको एउटा भिडियो सम्बन्धि तालिममा जादाँ एक भारतीले मेरो उमेर कति हो भनेर सोधे…। मैले चौविस वर्ष भन्दा उनले नेपाली लोग छोटे हि उमरमे भि इतना समझदार जिम्मेवार र रेस्पो_िन्सबल होते हैं भनेर भन्यो॥ तर यता कुरै अर्के छ । कम युवाहरुका नागरिकले सामाजिक विकासमा महत्वपुर्ण योगदान दिन सक्छन् भन्ने कुरामा विश्वास गर्नुहुन्न मन्त्रिज्यु होइन भने औसत आयु पचपन्न छपन्न रहेको यो देशमा युवा उमेर चालिस वर्ष सम्म बनाउनुको औचित्य के हो
विकासमा युवाको शहभागीताको कुरा गर्दा युवा मन्त्रालयले केही समय युवालाई विकासमा शहभागी गराउन केही आर्थिक सहयोगको आव्हान समेत गर्यो तर त्यो आव्हान केबल गैह्र सरकारी संस्था एनजिओको रुपमा दर्ता भएका संस्थाहरुका लागी मात्र थियो । के कुनै युवाले आफ्नो गाउँ ठाउँको विकास गर्न चाह्रयो भने र उसले राज्यबाट कुनै किसिमको आर्थिक सहयोगको अपेक्षा गर्यो भने उसले पहिले गैह्र सरकारी संस्था एनजिओ खोल्नुपर्छ यो त केबल विकासमा एनजिओकरण भयो जसले दिगो रुपमा विकासमा युवा शहभागितालाई कसरी सुनिश्चित गर्छ त

मेरो गुनासो केबल युवा मन्त्रालयले चालेको दुविधा युक्त कदम प्रति हो उसॊत आफ्नै भवन समेत नरहेको मन्त्रालयबाट विशिष्ट कार्यक्रमको अपेक्षा राख्नु आफ्नै कमजोरी हुन सक्छ । तर आगामाी दिनमा यसले नेपाली युवाका लागी प्रभावकारी योजना ल्योओस् भन्ने आकाक्षंा युवामा छ ।
अन्तमा मन्त्रिज्यु तपाइँले आजसम गर्नुभएको राम्रा कामहरुको प्रशंसा गर्दै भविष्यमा अझ समयानुकुल कार्यक्रमको अपेक्षा गर्दछु । यदि कुनै गुनासो प्रश्न वा प्रतिकृया भएमा तपाइँलाई मेट्ने प्रयाश गर्नेछु । होइन भने यस्तै अर्काे पत्र लेख्ने प्रयाश गर्ने छु । आशा छ यहाँले स्विकार गर्नुहनेछ ।

2066/1/1

Posted by: truelines | April 1, 2009

समानुभुती

मेरो सानो घरको छानो भत्किएको दिन
मैले हिसाब गरिन त्याहाँ रुझ््ने मानिस कति थिए होलान्

मेरो धर्ती फाटेको दिन
मेरो आकाश खसेको दिन
मैले हिसाब गरिन मेरो अघि पछि
बसेर रुने मानिस कति थिए

तर आज उनको आँखा भिजेको दिन
किन भत्भती पोल्दैछ मेरो मुटु
सुन्यताको आकाशमा के उनि एक्लै तैरिरहेका छन्
उनको आगँनमा बाढी पसेको दिन
उनि आफ्नो डुबेको संसारलाई
आफ्नै आखाँले कसरी हेरिरहेकी होलिन्
सोच्दा मात्रै
मेरो शरिरका अङ्ग अङ्गमा काढाँ उम्रेको छ ।
यतिबेला सारा सिमानाहरु नाघेर
सारा सम्झौताहरु तोडेर
म उनिसम्म पुग्नुपर्छ र उनका हातहरु समातोर मैले भन्न सक्नुपर्छ
उनको मुटुमा काँढाले घोच्दा
दुख्ने मुटु अरु कसैको पनि छ ।
संसार डुबेर उनि एक्लो हुदाँ
भिज्ने आँखा अरु कसैको पनि छ ।

Older Posts »

Categories