मैले सम्पादकज्युलाई चिनेकै थिइँन,

सम्पादकज्युको श्रीमती,

सम्पादकज्युको पि्रयसी,

आमा छोरा छोरी,

भाई बहिनी,

फुपु मामा,

काका काकी,

विज्ञापन दाता निकटतम सुभेच्छुक,

कसैलाई चिनेकै थिईंन,

यसैले उनको रङ्गिन पत्रिकामा मेरो कविता छापिएन ।

मैले सम्पादकज्युलाई मन पर्ने मदिरा,

मन पर्ने दोहोरी साँझ,

मन पर्ने कलाकार,

मन पर्ने नेता चिनेकै थिईँन ,

यसैले उनको रङ्गिन पत्रिकामा मेरो कविता छापिएन

उनको ढोकामा चिप्लिकीरा झैं चिप्लिन रहर

टेबलमा जमेको फोहोर – बढार्ने जाँगर

र उनको कमिजमा अड्किएको लामो कपालमा शंका गर्ने हिम्मत

ममा थिएन

यसैले सम्पादकज्यु र मेरो चिनजान भएन

न मैले सम्पादकज्युको मसीको रङ्ग चिनेको थिएँ

न मेरो बबुरो कविताले नै सम्पादक ज्युलाई चिनेको थियो

यसैले उनको रङ्गिन पत्रिकामा मेरो कविता छापिएन

२०६६ ६ १०

Posted by: truelines | September 23, 2009

हाम्रो नाङ्गो फोटो

हामी च्यातिएको लुगा लगाएरै खुशी थियौं

कोदो फापर र मकै खाएरै खुशी थियौं

एकदिन,

एनजिओ र डोनर साहेब आउनुभयो

हाम्रो फोटो खिच्नुभयो र बेच्नुभयो हाम्रो गरिबी डोनर बजारमा

डोनरबजारमा हाम्रो गरिबी विक्यो

एनजिओ र डोनर साहेब प्रोजेक्ट लिएर आउनुभयो

उहाँहरुले हाम्रो च्यातिएको लुगा खोस्नुभयो

नयाँ कट्टु र गन्जि दिनुभयो

हामी खुशी भयौं

उहाँहरुले, हाम्रो फापर कोदो र मकै खोस्नुभयो

र विकासे चामल दिनुभयो

हामी खुशी भयौं

हाम्रो खुशीको फोटोले उहाँहरुको रिर्पाेट रङ्गिए

फेरी एकदिन,

एनजिओ र डोनर साहेब आउनुभयो

र प्रोजेक्ट फिर्ता लिएर जानुभयो

प्रोजेक्ट संगै फिर्ता भयो उहाँहरुले दिएको कट्टु र गन्जि

र हामी सर्वाङ्ग नाङ्गो भयौं

हिजो हामीसंग च्यातिएकै भएनि कपडा थियो

आज त्यो पनि छैन

हामी कोदो मकै र फापर खाएरै पनि बाँचेका थियौं

आज त्यसकॊ खेती पनि छैन

आजभोली,

एनजिओ र डोनर साहेब फेरी पनि

हाम्रो नाङ्गो फोटो खिच्दैहुनुहुन्छ

डोनर बजारमा कतै हाम्रो नाङ्गो फोटो विकिहाल्छ कि ?

कतै नयाँ प्रोजेक्ट र नयाँ कट्टु पाईपो हालिन्छ कि ?

यो लेख समाज परिवर्तन गर्ने उद्देश्यले प्रेरित भएर मेरा एक मित्रले छदाखाँदाको गतिलो जागिर छाडेपछि त्यसको प्रतिकि्रया स्वरुप जन्मेको हो । मासिक ७० हजार आउने जागिर छोडेपछि ती मित्रले भनिन् ”बल्ल् मुक्त भएको अनुभव गर्दैछु र सपनाको नजिक हुँदैंछु ।”

जीवनमा कैयौं पटक मैले आफुलाई आफैबाट बिमुख भएको पाएको छु । हामीले कति पटक सानो स्वार्थका लागी हाम्रो आत्म सम्मान र आत्म स्वाभिमानसंग धेरै चोटी जानी नजानी सम्झौता गरेका हुन्छौं । आजसम्म हामीले कतिपटक आफ्ना भित्री इच्छा र चाहानालाई मारेर यो समय र समाजसंग सम्झौता गर्यौं हौंला  हामीले बुझेको सत्य के हो भने जबसम्म हामी आफ्ना भित्री इच्छा र सपनाहरुलाई साकार पार्ने दिशामा अघि बढ्दैनौ तब सम्म हामी वास्तविक अर्थमा सन्तुष्ट हुन नसक्ने रहेछौं ।

हुनत खुशी र सन्तुष्टिको व्यक्ति पिच्छे फरक फरक बुझाई र फरक परिभाषा हुन सक्छ तर सामान्य रुपमा हामी त्यत्तिबेला खुशी हुन्छौ जतिबेला हामी भित्र कतै लुकेर रहेको जीवन तृष्णालाई हामी भेट्दछौं । त्यो वास्तविक खुशीको अघि संसारका सारा खुशीहरु गौण भईदिन्छन् । हाम्रो जीवन एउटा उज्योलोको खोजी हो र त्यो उज्योलाई हामी आफैले आफ्नै ढङ्गले परिभाषित गरिरहेका हुन्छौं । कसैको लागी खुशी व्यत्तिगत उन्नती वा प्राप्ति हुन सक्छ र कसैको लागी यो समाजको रुपान्तरण । तर हाम्रो विडम्बना सम्झौता परस्त जीवन बाचिँरहँदा हामी वास्तविक खुशी भन्दा पनि कृत्रिम खुशीमा रमाईरहेका छौं ।

मेरा मित्र जसले आफ्नो सपनालाई पुरा गर्नको लागी आफ्नो आत्मस्वाभिमान र आत्म सम्मानलाई पैसा संग सम्झौता नगरि अघि बढेका छन् । हामी सबैको रहर भनेको राम्रो कार्यालयमा जागिर खानु राम्रो आय आर्जन गर्नु हो । अझ जागिरको कुरा गर्दा एनजिओ आईएनजिओको जागिर भन्ने वित्तिकै हाम्रो मुखबाट पानी आउँछ तर मेरा मित्रले एक प्रभावशाली अन्र्तराष्ट्रिय संस्थाको प्रभावशाली पदको मासिक सत्तरी हजारकॊ जागिरलाई लत्याएर यो समाजलाई परिवर्तन गर्नुपर्छ भन्ने जिम्मेवारी बोध गर्दै सामाजिक उद्यमशीलताको मार्गमा अघि बढ्ने योजना बनाउँदै छन् ।

हाम्रो समाज धेरै विसङ्गति पोको लिएर अघि बढिरहेको समाज हो । कैयौं विरोधाभास हुँदाहँुदैं पनि न हामी सबै सामाजिक मूल्य र मान्यताहरुलाई त्याग्न सक्छौं न ति विसङ्गत संस्कारमा भित्रैदेखि रमाउनै सक्छौं । हाम्रो समाजमा कसले कहाँ काम गर्छ  कति पैसा कमाउँछ भन्ने कुराले खास महत्व राख्छ । आज सम्म हाम्रो समाजले हामीलाई जागिरे हुन सिकायो कुनै कार्यालयको कुसर्ीमा बसेर टेबल वर्क गर्यो र महिनामा मोटो रकम तलबको रुपमा हात पार्यो भने त्यो व्यक्ति ठूलो मानिस हो भन्न सिक्यो । यहि गलत बुझाईको कारण हामी भन्दा अघिल्लो पुस्ताले आफ्नो सम्पुर्ण जीवन दश – पाँचको कागजी काममा वितायो । आफ्नो सम्पूर्ण पसिना सृजनशीलता र आत्म स्वाभिमान मासिक तलबमा बॆचेर त्यो पुस्ता आपुूप्रति पुर्ण रुपमा सन्तुष्ट भने हुन सकेन । त्यही सामाजिक सोच र संरचना विद्यमान रहेको यो समाजमा ति मानसिकतालाई त्यागेर आफ्नो सपनाको खोजीमा हिडेंकी छन् मेरा मित्र ।

आजको युवा पुस्तामा एक थरि युवाहरु देशमा संभावना नदेखेर आफ्नो भविष्य खोज्न युरोप अमेरिका र अष्ट्रेलियाको राजदुतावास धाईरहेछ । विकसित देशमा लाखौं संख्यामा रहेका अधिकांश नेपाली युवाहरु डिपार्टपेन्ट स्टोर पेटोल पम्प रेष्टुरेण्ट लगायतका उधोगमा सस्तो श्रम बेचिरहेका छन् । अर्काथरि लाखौं युवाहरु अरब र मलेसियामा पसिना बगाईरहेका छन् भने कति युवाहरु देश भित्रै कुनै अवसरको खोजिमा छन् त कति युवाहरु आपराधिक कृयाकलापमा होमिईरहेका छन् । कति युवाहरु राजनैतिक दलहरु भित्र आफ्नो भविष्य खोजिरहेका छन् । निराशा दुविधा व्याप्त रहेको यस समयमा पनि केही युवाहरु भने देश भित्रै केही गर्न सकिन्छ भनेर केही सकारात्मक काम गर्ने प्रयास गर्दैछन् ।

अब प्रश्न उठ्छ के समाजलाई परिवर्तन गर्नै नाममा हामीले हामी जोगी बनेर हिड्ँन सक्छौं  अवश्य सक्दैनौं यस्तो बेलामा सामाजिक उद्यमशीलताको ढाँचामा अघि बढ्न सकिन्छ । सामाजिक उद्यमशीलताको अर्थ एकातिर समाजलाई रुपान्तरण गर्ने दिशामा काम गर्ने र अर्काेतिर आफ्नो श्रम  पसिना र लगानीको उचित पारिश्रमिक पनि लिने भन्ने हो ।

र अहिले ति युवा मित्र सामाजिक उद्यमशीलतालाई सकारात्मक परिवर्तनको लागी र आफ्नो आय आर्जनको लागी ”यात्रा” नामक युवा संस्था खोलेर अघि बढिरहेका छन् । यो संगै उनिहरु युवाहरु अहिल्यै गरौं – आफ्नै देशको लागी अहिल्यै नगरे कहिले  भन्ने अभियान पनि संचालन गरिरहेका छन् ।

आजसम्म हाम्रो देशमा राज्यले खरबौं र विभिन्न दातृ संस्थाहरुले अरबौं रुपियाँ यो देशको विकासको लागी खन्याईरहेका छन् । तर अझै पनि यो देशमा झाडा पखाला र हैजाबाट सयौं नेपालीहरुको ज्यान गरेको छ । के हामीले यतिबेला हाम्रो समग्र विकासको ढाँचामा समिक्षा गर्ने बेला आएको होइनर  बारम्बार पुष्टि भईसकेको छ जागिरेहरुबाट यो देशमा विकासको त्यस्तो धेरै अपेक्षा गर्नु सकिन्न । उसोए कसरी हाम्रो समाज परिवर्तन हुन्छ त  राजनीतिक क्रान्तिका धेरै आयामहरु हामीले छोटो समयमै देख्यौं तर सामाजिक संरचनामा खास परिवर्तन आएको छैन । सामाजिक रुपान्तरण भनेको एउटा जटिल र ढिलो प्रकृया हो । सामाजिक परिवर्तनका लागी हाम्रो राजनीतिक दलहरुको अहिलेको अभ्यासले हामी उनिहरु प्रति त्यत्ति विश्वस्त हुन सक्दैनौं ।

सामाजिक संस्थाका रुपमा खोलिएका एनजिओको अभ्यासबाट पनि विश्वस्त हुन सक्दैनौं यसैले अबको हाम्रो उत्तम विकल्प भन्नुनै दिशामा के अब सामाजिक उद्यमशीलताको समय आएको हो की  आजसम्म समाज सेवा भन्ने वित्तिकै कुनै पनि रुपमा आर्थिक फाइदा नलिने भन्ने बुझाई छ त्यो आर्दश बुझाईले कहिले सम्म काम गर्ला  सामाजिक उद्यमशीलताको आधारमा सामाजिक रुपान्तरण पनि संभव छ र आफ्नो जीवन पनि गुजारा गर्न सकिन्छ भनेर मेरा मित्र अहिले आफ्नो योजनाहरु बनाउँदैछन् । आत्म स्वाभिमान आत्म सम्मान सामाजिक सोचका कारण हामीले राम्रो भन्ने गरेका जागिर छोडेपछि उनलाई स्वतन्त्र भएको अनुभव भएको छ । यदि एक वर्ष अघि म लेखिरहेको हुन्थें भने म अर्का त्यस्ता युवाको कुरा गरिरहेको हुन्थें जसले मासिक बीस हजारको जागिर छाडेर ललितपुरको धापाखेलमा रहेको नागदहमा सरसफाई अभियान चलाएका थिए  ॥

अवश्य पनि टेबलमा बसेर जागिर खाएर मासिक तलब पकाउनु भन्दा कैंयौं गुणा गा्रहो हुन्छ समाज परिवर्तन गर्न निस्कनु । यस कठिन यात्रा निस्केका स्वाभीमानी मेरा मित्रलाई शुभकामना ।

अन्तमा मैले जो व्यक्तिको बारेमा लेखें उनको परिचय सार्वजनिक गरेको छैन । यदि तपाईं उनलाई भेट्न चाहानुहुन्छ र सामाजिक उधमशीलताको बारेमा बुझ्न चाहानुहुन्छ भने स्वागत छ ।

article.brabim@gmail.com

Posted by: truelines | August 20, 2009

My article on Nagarik Daily

Copy of the article published on Nagarik National Daily_August 12 2009

Copy of the article published on Nagarik National Daily_August 12 2009

Posted by: truelines | August 13, 2009

स्याटेलाईट नजर

यो भुमण्डलको अर्का गोलार्दमा बसेर

समाचार पढिरहेछु

मेरो देशमा पानी कति पर्यो हँ ?

आज साउन पन्ध्र गते

बेसींमा धान रोप्यौ त आमा ?

त्यो खेत

त्यो खेतको आली

छुपुछुपु धान रोप्ने रोपारहरु

त्यो बाउसे गर्नै कोदाली

आलुको मिठो अचार

सबै सबै ‘मिस’ गरिरहेछु

यो ‘कंकि्रट र मेटलको’ जङ्गलमा

यतिबेला रोपाईंमा मस्त होला मेरो गाउँ

लाखौं कोश पर

म ‘गुगल अर्थमा’ खोजिरहेछु

मेरो गाउँको तस्विर

रोपाईं भईरहेको बेसीं खेत

तर यो पुजींवादी ‘स्याटेलाईटको’ नजर

मेरो गाउँ सम्म पुग्दैन

मन भन्दा ‘एड्भान्स’ अरु के नै छ र

अहिले गाउँमा पानी परिरहेको छ र रुझिरहेको छ मेरो मन ।

२०६६ ४ ३०

अगस्ट १३ २००९

Posted by: truelines | July 26, 2009

जाजरकोटबाट हेलो

हेलो काठमाडौं , सन्चै छौ हैन ?
जाजरकोटमा हाम्रो दुर्दशा
तिम्रो लागी मिठो चिया कफि र स्कच गफ बनिरहेको होला !!!

हुनपनि स्वाईन फ्लुको समाचार अघि
हाम्रो झाडापखालको के महत्व र ?

हेलो पत्रकार, किन बारम्बार
फोन गरेर वाक्क पार्छौ ?
हामसंग बोल्ने फुस्रद र तागत दुबै छैन
तिमीलाई हाम्रो विजोग भएको समाचार चाहिएको छ
तर हामीलाई जिवनजलको पोका चाहिएको छ ।

हेलो यो देशको डाक्टर साहेबहरु ,
काठमाडौंमा स्वास्थ्यको राजनीति गर्न व्यस्त छौ ?
अब हामीलाई तिम्रो सेतो कोट र घाटींमा झुण्ड्याएको
सर्टिफिकेटमा कुनै विश्वास छैन !!

हामी यहाँ मरिरहँदा
तिमीलाई आफ्नै झक्ताको चासो छ हगि ?

हेलो यो देशका हाकिमसाहेबहरु ,
देश चलाउने ठेकेदारहरु ,
किन उडाउँछौ हेलिकप्टर हाम्रो टाउका माथी
डाडाँ माथीबाट लास गनेर
कुन विदेशीलाई बेच्दैछौ हाम्रो फोटो ?

हेलो सिहंदरबार ,
अब हामीलाई तिम्रो कागजी हैकम चाहिएन
हामी फोहोर पानीनै खाएर
झाडापखालाले मरिरहँुला
तर याद राख हाम्रो लासको श्रापले
तिम्रो आडम्बर कुनैदिन ध्वस्त भएर छोड्नेछ ।

Posted by: truelines | July 16, 2009

What my Mama Said to me?

I couldn’t sleep last night

There was something on my mind

I lay there wishing in the dark

Someone can tell me why?

If u love somebody

From the bottom of heart?

Why do u hurt each other?

How does if fall a part?

Then I heard a voice she said as she sat down on my bed

And I can still remember what my mama said

Love can give love can take

Love can bend and love can break

When u think it’s over it’s not the end

Don’t give in just be strong

Please remember son my mama said

There aint no broken heart

Love cannot mend

My maama said no one knows

What your life got store

You may go walking on the moon

You may be rich or poor

But I know for certain

If you try to reach the stars

Anything is possible

Your dream is what you are

But when it comes to matters of the heart

There is no guarantee

All that I can say to you is what my mama said to me

Love can give love can take

Love can bend and love can break

When u think it’s over

It’s not the end

Don’t give in just be strong

And please remember my mama said

There is no broken heart love cant med

So one day in my life time

When my world falls apart

I won’t cry

I’ll just tell my heart

Love can give love can take

Love can bend and love can break

When you think it’s over it’s not the end

Don’t give in just be strong

And please remember what my mama said

There aint no broken heart

Love cannot mend

BY: Declan Galbraith

Created by Michelle Ann B. Plares

Posted by: truelines | July 10, 2009

The Burning of Tri-Chandra

Class rooms and admin office of Trichandra college under fire

Class rooms and admin office of Trichandra college under fire

Who was it that set fire,
To that very classroom where, only yesterday, I had dreamt of a better tomorrow
To that very desk where, only yesterday, I had sat at and studied.

If no flowers of creativity bloom in your black minds, then it’s alright
Why uproot the seeds that others have planted?

If your hands can’t light up a black room, then it’s alright
Why set fire to my classroom where sparks to light the world are produced?

If you can’t read, it’s alright
If you can’t write, it’s alright
Why burn down the books in my library?

Why not set fire to those dirty rooms where, daily, our country is sold?
Why not speak out against those who’ve struck us dumb time and again?
Why not rise up against those who attract us with flowers, only to pierce us with their thorns?

Forgive me, my friend,
My quarrel only lies with the thoughts you carry and those flames you wield.

trichandra2

This poem was originally written in Nepali. Translated into English by Pranaya SJB Rana, V.E.N.T! Magazine.


Posted by: truelines | July 3, 2009

What is ACT NOW for Nepal Campaign?

A small group of youth decided to do something for the country, to ensure peace, to make constitution on time. So a facebook group started. Many people ask me about ACT NOW, so i want to make clear about ACT NOW!

This is an initiative to show our solidarity as a generation that stands beyond personal and political greed – a generation of Nepalese ready to sacrifice our lives and promising careers elsewhere to achieve better a future right here in Nepal.

“We remember and see conflict, war, poverty, deprivation and political turmoil inflicting Nepal since ages. We have been surviving through impunity, insecurity and lacuna of trust every day. Each day more than 700 young people are migrating out of the country in search of greener grass. Nepal is losing its brains and muscles.

We hate everybody; we complain against everything because we cannot change things or people as we want. Though we are frustrated and confused, we know what we want.

We want PEACE, DEMOCRACY, TRUST, DEVELOPMENT because we DESERVE those. But we also know that these rights come with responsibilities. We, as a generation, are ready to SACRIFICE ourselves, our career and our lives. We stand beyond any political or personal interests. We want better future right here in Nepal. And for that we know we have to act now!

For more about ACT NOW!

Email: actnow_nepal@hotmail.com
, actnownepal@gmail.com

Blog: actnownepal.wordpress.com

Face book: http://www.facebook.com/group.php?gid=85691476782&ref=ts

Posted by: truelines | June 1, 2009

Is Banda a solution or अराजकता?

We are facing so many bandhas, few weeks ago; there was bandha in terai for more than a month. Today there is Kathmandu bandha. It seems like bandha has become our culture- to demand anything we have a culture of bandha and chakkajam. Is it a solution? Is it only the best option to raise the voice? If we are really responsible citizen then we should say “NO” to all kinds of bandha. The bandha culture will lead us no where.

Say No to bandha..

ACT NOW!

Older Posts »

Categories