म आज विहान एउटा अन्र्तवार्ताको लागी एक जना व्यत्तिलाई भेट्न गएँ तर उनि अर्काे एक व्यक्तिसंग व्यस्त थिए । त्यसैले मैले उनि संग अन्र्तवार्ता लिन एक घण्टा भन्दा बढि उनको घरको बैठक कोठामा बसेर कुर्नुपर्यो त्यस अवधीमा मैले एउटा छोटो कविता लेखें जुन यस प्रकार छ ।
उज्यालो
ूउज्यालोू आउँछु भन्थ्यो
तर आएन ।
म एक पागल प्रेमीले झैं उसलाई कुरिरहें
निस्ठुरी किन आउँथ्यो
अध्याँरोमै बिलायो ।
हरेक रात ढलेपछि
झिसमिसेमा चराको आवाजसंगै
आउनुपर्ने हो
मेरो सानो घरको झ्यालको प्वालबाट चियाउँदै मलाई बोलाउनु पर्नै हो
म मेरो मनको दैलोमा घडा राखेर
उसकै बाटो हेरिरहेछु
ूउज्यालोू आउनुपर्ने अझै आएन ।
उज्यालो आएको भए मेरो सानो घरको ढोका खुल्थ्यो
मेरो करेसाका फुलहरु फकि्रन थाल्दथ्यो
किसानहरु खेततिर लाग्दथे
विधार्थी स्कुलतिर लाग्थे
यो भुमण्डलको मेरो सानो देश जुर्मुराउन थाल्दथ्यो
समयको जाँतो घुम्दै जादाँ
त्यो मेरो डाडाँमा झुल्किनुपर्ने
रातको उजाडतालाई चिर्दै त्यसले नयाँ विहानी रोप्नुपर्ने हो ।
उसकै प्रतिक्षामा म रात भर अनिदों रहें
तर ूउज्यालोू आउँदै आएन ।
अध्याँरोमा उज्यालोको विच रोप्न बक्ति बाल्नुपर्ने हो
म एक त्यस्तेा बक्ति खोजिरहेछु
जसले मैन झैं आफुलाई गाल्दै संसारलाई उज्यालो देओस्
के त्यसको लागी म आफैं जल्नुपर्ने हो
या
अझै त्यो ूउज्यालोू कतै आउँदै छ
२०६५,१२,१५
ramro chha
By: Anu on March 27, 2009
at 11:43 am
tyo interview dine manchay ko ho?
By: Suranjan on April 24, 2009
at 5:19 pm