मेरो सानो घरको छानो भत्किएको दिन
मैले हिसाब गरिन त्याहाँ रुझ््ने मानिस कति थिए होलान्
मेरो धर्ती फाटेको दिन
मेरो आकाश खसेको दिन
मैले हिसाब गरिन मेरो अघि पछि
बसेर रुने मानिस कति थिए
तर आज उनको आँखा भिजेको दिन
किन भत्भती पोल्दैछ मेरो मुटु
सुन्यताको आकाशमा के उनि एक्लै तैरिरहेका छन्
उनको आगँनमा बाढी पसेको दिन
उनि आफ्नो डुबेको संसारलाई
आफ्नै आखाँले कसरी हेरिरहेकी होलिन्
सोच्दा मात्रै
मेरो शरिरका अङ्ग अङ्गमा काढाँ उम्रेको छ ।
यतिबेला सारा सिमानाहरु नाघेर
सारा सम्झौताहरु तोडेर
म उनिसम्म पुग्नुपर्छ र उनका हातहरु समातोर मैले भन्न सक्नुपर्छ
उनको मुटुमा काँढाले घोच्दा
दुख्ने मुटु अरु कसैको पनि छ ।
संसार डुबेर उनि एक्लो हुदाँ
भिज्ने आँखा अरु कसैको पनि छ ।
Timile prayog gareko sabda “samanubhuti” ekdam man paryo ….. poem is also toooo nice …. keep writing hai
By: Anu on April 2, 2009
at 3:16 am
Nice poem!
I am happy to discover blog. Keep blogging!
By: Basanta on April 3, 2009
at 7:31 am
oh phucche babu kina thula thula thula thula kura garchhau.?Any way nice creation.
By: reeta palikhe on June 2, 2009
at 12:54 pm
go on writing .good work keep it up
By: reeta palikhe on June 2, 2009
at 12:58 pm
very emotional
By: nabina on September 29, 2009
at 7:14 am