मन्त्रिज्यु सामान्यतया हामी कहाँ कुनै पनि वस्तुको प्रतिकृया दिने दुई वटा संस्कार अधिक प्रचलनमा छन् । एउटा कुनै चिजको अन्ध प्रसंसा गर्ने र अर्काे विरोधका लागी केवल विरोध गर्ने । यि दुई चरम धार विचका गुण र दोषको विश्लेषणको आधारमा पुष्ठपोषण दिने न्युन संस्कार विच हुर्किएको एक युवा आज तपाईंलाई सिधै पत्र लेख्ने दुस्साहास गरिरहेको छ । यहाँलाई अवगत नै छ एक सामान्य युवाले यो देशको मन्त्रिलाई भेट्न कति मुश्किल छ । या त उसले कुनै राजनैतिक शक्तिको प्रयोग गर्नुपर्छ या मन्त्रिज्युको स्वकिय सजिवलाई खुशी पार्नु पर्छ यि दुईमा कुनै थपघट भएको र मलाई ज्ञात नभएको भए क्षमा प्रार्थी छु मा यि दुई सामाथ्र्य नभएको हुनाले सिधा पत्र कोर्दै छु । तपाईलाई भेट्न म एकदिन मन्त्रालय जादाँ मन्त्रालयको दुरावस्था हेर्दै रित्तै फर्किएँ । मन्त्रालयको वार्षिक कार्यक्रममा केही प्राविधिक त्रुटीहरु समेत रहेको पाएँ… जुन पछि सच्याईएको छ ।
मेरो पहिलो भेट तपाईसंग एउटा होटलको कार्यक्रममा भएको थियो जुन कार्यक्रमको अघिल्लो कुसर्ीमा बसेर यहाँ घुर्नुभएको मेरो मानसपटलमा ताजै छ । दोस्रो भेट तपाइँको र मेरो कुपण्डोलको एक सामान्य हजाम पसलमा दाह्री काट्दा भएको थियो । म जुन सैलुनमा दाह्री काट्न लुक्त छिरें संयोगवश तपाइँ त्यहीँ दाह्री काटिरहनुभएको थियो । मन्त्रि जस्तो व्यक्ति पनि सामान्य सैलुनमा कपाल दाह्री काट्नुहुदों रहेछ भन्ने थाहा पाउँदा खुशी लाग्यो ।
यस बाहेक केही औपचारिक कार्यक्रममा यहाँलाई देखेको छु तर अधिकांश कार्यक्रममा यहाँ केही बेर निदाउनुभएको थियो । यहाँलाई स्लिपिङ्ग एनिमिया भन्ने रोग लागेको रहेछ यस प्रति मलाई सहानुभुती छ । यो रोग छिट्टै निको होस् भन्ने मेरो कामना । तर मन्त्रिज्यु जुन दिन देखी युवा नीतिको अन्तिम मस्यौदाको बारेमा थाहा पाएको छु… मेरो भने निन्द्रा हराएको छ ।
एक युवा हुनुको नाताले युवा नीतिको बारेमा गम्भिर चासो हुनु स्वभाविक नै हो । नेपालको इतिहासमै पहिलो पटक युवा नीति लागु हने क्रममा छ यो निश्चय नै खुशीको कुरा हो । तर नीति आउनु मात्रैमा पनि आफैमा कुनै उत्साहको कुरा होइन जबसम्म त्यसको प्रभावकारी कार्यान्वयनको आभाष पाइँदैन । नेपालमा कति यस्ता नीतिहरु होलान् जुन कागजमा सिमित छन् र त्यसको कायान्यवयन भएको छैन । जहाँसम्म युवा नीतिको सन्र्दभ छ नेपाली युवाका मुख्य तिन सवाल छन् ः पहिचान प्रतिनिधीत्व र पहुँच । कुनै पनि नीति बनाउँदा त्यस नीति को प्रति लक्षित छ र त्यसको लाभ पाउने को हुन् भन्ने बारेमा स्पष्ट भईएन भने त्यस्तो नीति हुस्सुमा हराएको काग जस्तै हुन्छ ।
युवा पहिचानको कुरा गर्दा युवा नै को हुन् भन्ने बारेमा स्पष्ट हुन जरुरी छ । युवा कसलाई भन्ने भन्ने कुरामा यदि उमेर को आधारमा स्पष्टता भएन भने कार्यान्वयनमा त्यसले ठुलो समस्या ल्याउन सक्छ । अहिले मस्यौदा भएको युवा नीतिले युवाको उमेरलाई सोह्र देखी चालिस वर्ष सम्म मानेको छ । यो कुरा सुन्दा म अवाक् भएको छु ।
के अब बन्ने युवा नीतिले आमा र छोराको समस्या एउटै हो र उनिहरुको लागी एकै किसिमको कार्यक्रम अवलम्बन गर्ने सोच बनाएको छ यदि यसैलाई कायम गर्ने हो भने यो युवा नीति नेपालको युवाका तमाम समस्यालाई सम्बोधन गर्न नसक्ने भुक्ते हतियार मात्र हुन सक्छ । युवा उमेर जति बढायो त्यसले युवाको संख्या त्यत्तिनै बढाउँछ र उनिहरुका लागी कार्यक्रमको योजना बनाउन त्यत्तिनै अप्ठेरो हुन्छ । यदि यसलाई बेलैमा सच्याइएन भने यसले नचिताएको समस्या ल्याउन सक्छ । युवा उमेरको बारेमा भएको यस्तो सतही निर्णयले यसको प्रभावकारी कार्यान्यवनको सुनिश्चितता कसरी गर्न सक्ला
कतै यो नीतिले राजनैतिक दलका विभिन्न संगठनमा रहेका वहस्यकहरुलाई संरक्षण दिन खोजिरहेको त छैन भन्ने गम्भिर प्रश्न उब्जाएको छ ।
हामी कहाँ कम उमेरका व्यक्तिलाई विशेष गरि विकासको काममा विश्वास गर्ने संस्कार छैन । म आफैले पनि धेरै ठाउँमा आफ्नो वास्तविक उमेर चौविस वर्षलाई बढाएर अठ्ठाइस्र उन्नतिस भन्नेगरेको छु । केही महिना अघि दिल्लीमा भएको एउटा भिडियो सम्बन्धि तालिममा जादाँ एक भारतीले मेरो उमेर कति हो भनेर सोधे…। मैले चौविस वर्ष भन्दा उनले नेपाली लोग छोटे हि उमरमे भि इतना समझदार जिम्मेवार र रेस्पो_िन्सबल होते हैं भनेर भन्यो॥ तर यता कुरै अर्के छ । कम युवाहरुका नागरिकले सामाजिक विकासमा महत्वपुर्ण योगदान दिन सक्छन् भन्ने कुरामा विश्वास गर्नुहुन्न मन्त्रिज्यु होइन भने औसत आयु पचपन्न छपन्न रहेको यो देशमा युवा उमेर चालिस वर्ष सम्म बनाउनुको औचित्य के हो
विकासमा युवाको शहभागीताको कुरा गर्दा युवा मन्त्रालयले केही समय युवालाई विकासमा शहभागी गराउन केही आर्थिक सहयोगको आव्हान समेत गर्यो तर त्यो आव्हान केबल गैह्र सरकारी संस्था एनजिओको रुपमा दर्ता भएका संस्थाहरुका लागी मात्र थियो । के कुनै युवाले आफ्नो गाउँ ठाउँको विकास गर्न चाह्रयो भने र उसले राज्यबाट कुनै किसिमको आर्थिक सहयोगको अपेक्षा गर्यो भने उसले पहिले गैह्र सरकारी संस्था एनजिओ खोल्नुपर्छ यो त केबल विकासमा एनजिओकरण भयो जसले दिगो रुपमा विकासमा युवा शहभागितालाई कसरी सुनिश्चित गर्छ त
मेरो गुनासो केबल युवा मन्त्रालयले चालेको दुविधा युक्त कदम प्रति हो उसॊत आफ्नै भवन समेत नरहेको मन्त्रालयबाट विशिष्ट कार्यक्रमको अपेक्षा राख्नु आफ्नै कमजोरी हुन सक्छ । तर आगामाी दिनमा यसले नेपाली युवाका लागी प्रभावकारी योजना ल्योओस् भन्ने आकाक्षंा युवामा छ ।
अन्तमा मन्त्रिज्यु तपाइँले आजसम गर्नुभएको राम्रा कामहरुको प्रशंसा गर्दै भविष्यमा अझ समयानुकुल कार्यक्रमको अपेक्षा गर्दछु । यदि कुनै गुनासो प्रश्न वा प्रतिकृया भएमा तपाइँलाई मेट्ने प्रयाश गर्नेछु । होइन भने यस्तै अर्काे पत्र लेख्ने प्रयाश गर्ने छु । आशा छ यहाँले स्विकार गर्नुहनेछ ।
2066/1/1
Brabim,
Nice article……..I really liked it congratulations man.
Still you can give some of the proof from Nepalese practice I mean why 40? What about Previously Drafted Youth policy? What about Interim Plan?
Some context of Nepalese politics like In they never accept student as a youth (Policy wise) their culture is Student leader and Youth Leader.
And also about as a Minister what he is doing i mean Action Plan?
Hope to see this letter in some of the paper.
Cheers man,
DC
By: Deependra on April 21, 2009
at 8:06 am
Great man…. I appreciate your writing style
By: Rupak on April 21, 2009
at 10:43 am
Comments FROM FRIENDS:
Rajendara Mulmi:
brahim nice take on the article. why don’t you get it on kantipur – the three issues you have highlighted on identity, representation and access is excellent. i’d suggest that you shorten the first two paragraphs criticizing the minister – go straight into the issue. you have only elaborated on the identity (age) issue. add some more analysis and thoughts on the issues of representation and access.. it will make a great influencial article !!!
Sanju Nepal:
Saathi, nice initiation…letter padhda ramailo lagyo..hamro age imp. issue ho saathai aru pani hami le bhogdai aayeka samasya ra aru issue haru pani rakhema ajha mazza ko letter hune thiyo..hope aba ta sabai suggestion haru merge garera high impact dine paper ma pathaune tayari ma chau hola…all da best 4 da same.
cheers
Deepti:
As like everyone the article is good. I agree with Rajendra dai to go directly into topics rather than criticizing the minister. I think the articles can be made more comprehensive by adding on implication of extending age upto 40. But another thing I feel that needs to expose is why the draft accepted 40 years…isn’t it influenced by certain group…or merely its due to creating political space. I think if we are unable to reduce this age…youth might suffer a lot. For instance, the adult youth 30-40 will dominate everything….access, representation and opportunity. The state cannot address all the issues of this huge age group. the priority changes….for a 18 years old youth- investment in education is important where as for a 38 years adult education may not be on the list.
Yes, as were been suggesting to categorize youth as like in India’s Youth Policy (though they also have large age range; 13-35 but they have categorized as 13-19 and 20-35 ) it says:
“This Policy will cover all the youth in the country in the age group of 13 to 35 years. It is acknowledged that since all the persons within this age group are unlikely to be one homogeneous group, but rather a conglomeration of sub-groups with differing social roles and requirements, the age group may, therefore, be divided into two broad sub-groups viz. 13-19 years and 20-35 years”
So, I wonder…as this is beyond acceptance, capacity to make everyone young…it’s hilarious that our life expectancy is 60.94 and everyone here is youth…
I think it’s getting long. Again, Brabim nice write-up.
By: truelines on April 23, 2009
at 4:19 am