हेलो काठमाडौं , सन्चै छौ हैन ?
जाजरकोटमा हाम्रो दुर्दशा
तिम्रो लागी मिठो चिया कफि र स्कच गफ बनिरहेको होला !!!
हुनपनि स्वाईन फ्लुको समाचार अघि
हाम्रो झाडापखालको के महत्व र ?
हेलो पत्रकार, किन बारम्बार
फोन गरेर वाक्क पार्छौ ?
हामसंग बोल्ने फुस्रद र तागत दुबै छैन
तिमीलाई हाम्रो विजोग भएको समाचार चाहिएको छ
तर हामीलाई जिवनजलको पोका चाहिएको छ ।
हेलो यो देशको डाक्टर साहेबहरु ,
काठमाडौंमा स्वास्थ्यको राजनीति गर्न व्यस्त छौ ?
अब हामीलाई तिम्रो सेतो कोट र घाटींमा झुण्ड्याएको
सर्टिफिकेटमा कुनै विश्वास छैन !!
हामी यहाँ मरिरहँदा
तिमीलाई आफ्नै झक्ताको चासो छ हगि ?
हेलो यो देशका हाकिमसाहेबहरु ,
देश चलाउने ठेकेदारहरु ,
किन उडाउँछौ हेलिकप्टर हाम्रो टाउका माथी
डाडाँ माथीबाट लास गनेर
कुन विदेशीलाई बेच्दैछौ हाम्रो फोटो ?
हेलो सिहंदरबार ,
अब हामीलाई तिम्रो कागजी हैकम चाहिएन
हामी फोहोर पानीनै खाएर
झाडापखालाले मरिरहँुला
तर याद राख हाम्रो लासको श्रापले
तिम्रो आडम्बर कुनैदिन ध्वस्त भएर छोड्नेछ ।
Heart touching.
By: SwaRnima! on July 27, 2009
at 8:53 am
NICE.. Jajarkot ko nai local manche le lekheko jastai cha. I mean u have very nicely(ironically) potrayed their feelings … Keep on writing
By: Pooja on July 29, 2009
at 10:06 am