Posted by: truelines | August 13, 2009

स्याटेलाईट नजर

यो भुमण्डलको अर्का गोलार्दमा बसेर

समाचार पढिरहेछु

मेरो देशमा पानी कति पर्यो हँ ?

आज साउन पन्ध्र गते

बेसींमा धान रोप्यौ त आमा ?

त्यो खेत

त्यो खेतको आली

छुपुछुपु धान रोप्ने रोपारहरु

त्यो बाउसे गर्नै कोदाली

आलुको मिठो अचार

सबै सबै ‘मिस’ गरिरहेछु

यो ‘कंकि्रट र मेटलको’ जङ्गलमा

यतिबेला रोपाईंमा मस्त होला मेरो गाउँ

लाखौं कोश पर

म ‘गुगल अर्थमा’ खोजिरहेछु

मेरो गाउँको तस्विर

रोपाईं भईरहेको बेसीं खेत

तर यो पुजींवादी ‘स्याटेलाईटको’ नजर

मेरो गाउँ सम्म पुग्दैन

मन भन्दा ‘एड्भान्स’ अरु के नै छ र

अहिले गाउँमा पानी परिरहेको छ र रुझिरहेको छ मेरो मन ।

२०६६ ४ ३०

अगस्ट १३ २००९


Responses

  1. brabim dai this is superv.


Leave a response

Your response:

Categories