यो लेख समाज परिवर्तन गर्ने उद्देश्यले प्रेरित भएर मेरा एक मित्रले छदाखाँदाको गतिलो जागिर छाडेपछि त्यसको प्रतिकि्रया स्वरुप जन्मेको हो । मासिक ७० हजार आउने जागिर छोडेपछि ती मित्रले भनिन् ”बल्ल् मुक्त भएको अनुभव गर्दैछु र सपनाको नजिक हुँदैंछु ।”
जीवनमा कैयौं पटक मैले आफुलाई आफैबाट बिमुख भएको पाएको छु । हामीले कति पटक सानो स्वार्थका लागी हाम्रो आत्म सम्मान र आत्म स्वाभिमानसंग धेरै चोटी जानी नजानी सम्झौता गरेका हुन्छौं । आजसम्म हामीले कतिपटक आफ्ना भित्री इच्छा र चाहानालाई मारेर यो समय र समाजसंग सम्झौता गर्यौं हौंला हामीले बुझेको सत्य के हो भने जबसम्म हामी आफ्ना भित्री इच्छा र सपनाहरुलाई साकार पार्ने दिशामा अघि बढ्दैनौ तब सम्म हामी वास्तविक अर्थमा सन्तुष्ट हुन नसक्ने रहेछौं ।
हुनत खुशी र सन्तुष्टिको व्यक्ति पिच्छे फरक फरक बुझाई र फरक परिभाषा हुन सक्छ तर सामान्य रुपमा हामी त्यत्तिबेला खुशी हुन्छौ जतिबेला हामी भित्र कतै लुकेर रहेको जीवन तृष्णालाई हामी भेट्दछौं । त्यो वास्तविक खुशीको अघि संसारका सारा खुशीहरु गौण भईदिन्छन् । हाम्रो जीवन एउटा उज्योलोको खोजी हो र त्यो उज्योलाई हामी आफैले आफ्नै ढङ्गले परिभाषित गरिरहेका हुन्छौं । कसैको लागी खुशी व्यत्तिगत उन्नती वा प्राप्ति हुन सक्छ र कसैको लागी यो समाजको रुपान्तरण । तर हाम्रो विडम्बना सम्झौता परस्त जीवन बाचिँरहँदा हामी वास्तविक खुशी भन्दा पनि कृत्रिम खुशीमा रमाईरहेका छौं ।
मेरा मित्र जसले आफ्नो सपनालाई पुरा गर्नको लागी आफ्नो आत्मस्वाभिमान र आत्म सम्मानलाई पैसा संग सम्झौता नगरि अघि बढेका छन् । हामी सबैको रहर भनेको राम्रो कार्यालयमा जागिर खानु राम्रो आय आर्जन गर्नु हो । अझ जागिरको कुरा गर्दा एनजिओ आईएनजिओको जागिर भन्ने वित्तिकै हाम्रो मुखबाट पानी आउँछ तर मेरा मित्रले एक प्रभावशाली अन्र्तराष्ट्रिय संस्थाको प्रभावशाली पदको मासिक सत्तरी हजारकॊ जागिरलाई लत्याएर यो समाजलाई परिवर्तन गर्नुपर्छ भन्ने जिम्मेवारी बोध गर्दै सामाजिक उद्यमशीलताको मार्गमा अघि बढ्ने योजना बनाउँदै छन् ।
हाम्रो समाज धेरै विसङ्गति पोको लिएर अघि बढिरहेको समाज हो । कैयौं विरोधाभास हुँदाहँुदैं पनि न हामी सबै सामाजिक मूल्य र मान्यताहरुलाई त्याग्न सक्छौं न ति विसङ्गत संस्कारमा भित्रैदेखि रमाउनै सक्छौं । हाम्रो समाजमा कसले कहाँ काम गर्छ कति पैसा कमाउँछ भन्ने कुराले खास महत्व राख्छ । आज सम्म हाम्रो समाजले हामीलाई जागिरे हुन सिकायो कुनै कार्यालयको कुसर्ीमा बसेर टेबल वर्क गर्यो र महिनामा मोटो रकम तलबको रुपमा हात पार्यो भने त्यो व्यक्ति ठूलो मानिस हो भन्न सिक्यो । यहि गलत बुझाईको कारण हामी भन्दा अघिल्लो पुस्ताले आफ्नो सम्पुर्ण जीवन दश – पाँचको कागजी काममा वितायो । आफ्नो सम्पूर्ण पसिना सृजनशीलता र आत्म स्वाभिमान मासिक तलबमा बॆचेर त्यो पुस्ता आपुूप्रति पुर्ण रुपमा सन्तुष्ट भने हुन सकेन । त्यही सामाजिक सोच र संरचना विद्यमान रहेको यो समाजमा ति मानसिकतालाई त्यागेर आफ्नो सपनाको खोजीमा हिडेंकी छन् मेरा मित्र ।
आजको युवा पुस्तामा एक थरि युवाहरु देशमा संभावना नदेखेर आफ्नो भविष्य खोज्न युरोप अमेरिका र अष्ट्रेलियाको राजदुतावास धाईरहेछ । विकसित देशमा लाखौं संख्यामा रहेका अधिकांश नेपाली युवाहरु डिपार्टपेन्ट स्टोर पेटोल पम्प रेष्टुरेण्ट लगायतका उधोगमा सस्तो श्रम बेचिरहेका छन् । अर्काथरि लाखौं युवाहरु अरब र मलेसियामा पसिना बगाईरहेका छन् भने कति युवाहरु देश भित्रै कुनै अवसरको खोजिमा छन् त कति युवाहरु आपराधिक कृयाकलापमा होमिईरहेका छन् । कति युवाहरु राजनैतिक दलहरु भित्र आफ्नो भविष्य खोजिरहेका छन् । निराशा दुविधा व्याप्त रहेको यस समयमा पनि केही युवाहरु भने देश भित्रै केही गर्न सकिन्छ भनेर केही सकारात्मक काम गर्ने प्रयास गर्दैछन् ।
अब प्रश्न उठ्छ के समाजलाई परिवर्तन गर्नै नाममा हामीले हामी जोगी बनेर हिड्ँन सक्छौं अवश्य सक्दैनौं यस्तो बेलामा सामाजिक उद्यमशीलताको ढाँचामा अघि बढ्न सकिन्छ । सामाजिक उद्यमशीलताको अर्थ एकातिर समाजलाई रुपान्तरण गर्ने दिशामा काम गर्ने र अर्काेतिर आफ्नो श्रम पसिना र लगानीको उचित पारिश्रमिक पनि लिने भन्ने हो ।
र अहिले ति युवा मित्र सामाजिक उद्यमशीलतालाई सकारात्मक परिवर्तनको लागी र आफ्नो आय आर्जनको लागी ”यात्रा” नामक युवा संस्था खोलेर अघि बढिरहेका छन् । यो संगै उनिहरु युवाहरु अहिल्यै गरौं – आफ्नै देशको लागी अहिल्यै नगरे कहिले भन्ने अभियान पनि संचालन गरिरहेका छन् ।
आजसम्म हाम्रो देशमा राज्यले खरबौं र विभिन्न दातृ संस्थाहरुले अरबौं रुपियाँ यो देशको विकासको लागी खन्याईरहेका छन् । तर अझै पनि यो देशमा झाडा पखाला र हैजाबाट सयौं नेपालीहरुको ज्यान गरेको छ । के हामीले यतिबेला हाम्रो समग्र विकासको ढाँचामा समिक्षा गर्ने बेला आएको होइनर बारम्बार पुष्टि भईसकेको छ जागिरेहरुबाट यो देशमा विकासको त्यस्तो धेरै अपेक्षा गर्नु सकिन्न । उसोए कसरी हाम्रो समाज परिवर्तन हुन्छ त राजनीतिक क्रान्तिका धेरै आयामहरु हामीले छोटो समयमै देख्यौं तर सामाजिक संरचनामा खास परिवर्तन आएको छैन । सामाजिक रुपान्तरण भनेको एउटा जटिल र ढिलो प्रकृया हो । सामाजिक परिवर्तनका लागी हाम्रो राजनीतिक दलहरुको अहिलेको अभ्यासले हामी उनिहरु प्रति त्यत्ति विश्वस्त हुन सक्दैनौं ।
सामाजिक संस्थाका रुपमा खोलिएका एनजिओको अभ्यासबाट पनि विश्वस्त हुन सक्दैनौं यसैले अबको हाम्रो उत्तम विकल्प भन्नुनै दिशामा के अब सामाजिक उद्यमशीलताको समय आएको हो की आजसम्म समाज सेवा भन्ने वित्तिकै कुनै पनि रुपमा आर्थिक फाइदा नलिने भन्ने बुझाई छ त्यो आर्दश बुझाईले कहिले सम्म काम गर्ला सामाजिक उद्यमशीलताको आधारमा सामाजिक रुपान्तरण पनि संभव छ र आफ्नो जीवन पनि गुजारा गर्न सकिन्छ भनेर मेरा मित्र अहिले आफ्नो योजनाहरु बनाउँदैछन् । आत्म स्वाभिमान आत्म सम्मान सामाजिक सोचका कारण हामीले राम्रो भन्ने गरेका जागिर छोडेपछि उनलाई स्वतन्त्र भएको अनुभव भएको छ । यदि एक वर्ष अघि म लेखिरहेको हुन्थें भने म अर्का त्यस्ता युवाको कुरा गरिरहेको हुन्थें जसले मासिक बीस हजारको जागिर छाडेर ललितपुरको धापाखेलमा रहेको नागदहमा सरसफाई अभियान चलाएका थिए ॥
अवश्य पनि टेबलमा बसेर जागिर खाएर मासिक तलब पकाउनु भन्दा कैंयौं गुणा गा्रहो हुन्छ समाज परिवर्तन गर्न निस्कनु । यस कठिन यात्रा निस्केका स्वाभीमानी मेरा मित्रलाई शुभकामना ।
अन्तमा मैले जो व्यक्तिको बारेमा लेखें उनको परिचय सार्वजनिक गरेको छैन । यदि तपाईं उनलाई भेट्न चाहानुहुन्छ र सामाजिक उधमशीलताको बारेमा बुझ्न चाहानुहुन्छ भने स्वागत छ ।
Yes this the real scenario…. of nowadays, i liked the poem, i loved each and every words of the poem …hey youths of today lets ACT NOW to change this type of trend .
By: suyog on September 23, 2009
at 10:38 am