केही वसन्तहरु फुल संगै ओईलाएछन्
केही शिशिरहरु पात झै झरेछन्
कैयौं पुर्णिमाहरु जुनसंगै डुबेछन्
यि वर्षहरुमा म तिमीसंग बेखबर रहेछु
मेरो आफ्नै गल्ति !मन भरी बोकेर पछुतो
केही माया
र केही पुराना दिनका यादहरु
आज फेरी धाएँ तिम्रै गल्लिमा
आधुनिकताको जलप लगाएको त्यही मल्लकालिन चोक
त्यही घर, ढोका, बार्दली र फुलदानिका
फुलहरुमा खोजें तिमीलाई
जहाँ बाकीं थिए
समय संगै नयां पुराना भएका केबल तिम्रा सम्झना
र तिमीले रोपेको फुल । खोजें तिमीलाई गुगल अर्थका अक्षांस र देशान्तरहरुमा
फेसबुकका पन्ना पन्नामा
र थाहापाएँ
यि वर्षहरु तिमी पनि बेखबर भएछौ
म जस्तै
खै कस्को गल्ति !!
केही शिशिरहरु पात झै झरेछन्
कैयौं पुर्णिमाहरु जुनसंगै डुबेछन्
यि वर्षहरुमा म तिमीसंग बेखबर रहेछु
मेरो आफ्नै गल्ति !मन भरी बोकेर पछुतो
केही माया
र केही पुराना दिनका यादहरु
आज फेरी धाएँ तिम्रै गल्लिमा
आधुनिकताको जलप लगाएको त्यही मल्लकालिन चोक
त्यही घर, ढोका, बार्दली र फुलदानिका
फुलहरुमा खोजें तिमीलाई
जहाँ बाकीं थिए
समय संगै नयां पुराना भएका केबल तिम्रा सम्झना
र तिमीले रोपेको फुल । खोजें तिमीलाई गुगल अर्थका अक्षांस र देशान्तरहरुमा
फेसबुकका पन्ना पन्नामा
र थाहापाएँ
यि वर्षहरु तिमी पनि बेखबर भएछौ
म जस्तै
खै कस्को गल्ति !!
यि आकाशमा रङ्गिने ताराहरु मध्ये
तिमी एक हुन सक्छौ
तिम्रै फुलदानिमा सजिएका फुलहरुमा
तिमी एक हुन सक्छौ
यि वर्षिने पानिहरुमा एक थोपा तिमी
हुन सक्छौ
यिनैमा भुलेको छु म !
यसैगरि तिमी रहेको
यो गालार्दको कुनै कुनामा
आकाशका तारा, फुलबारीका फुल, वर्षातको पानि
र पुराना दिनका सम्झनाले
तिमीलाई दुःख दिए भने
मलाई भेट्नेछौ
आधुनिकता उदारवाद र पुिजंवादले रङ्गिएको
उहि तिम्रै गल्लिमा
जहाँ फुल्दै झरेका छन्
तिमीले रोपेका फुल !!!
Recent Comments