अलिकति सपना बांकी राखेकी भए
साट्न हुन्थ्यो मेरा चिसा रातहरुसंग तिम्रा केही सपना
साट्न हुन्थ्यो मेरा चिसा रातहरुसंग तिम्रा केही सपना
कठोर समयले लुछेपनि लछारेपनि
छिया छिया पारेपनि
अलिकति आशा बाकीं राखेकी भए
साट्न हुन्थ्यो मेरा विवशतासंग तिम्रा केही आशा
धोकेबाज रहरहरुले जति पिडा दिएपनि
(स्वार्थी हातहरुले छोडेपनि )
अलिकति प्रेम बाकीं राखेकी भए
साट्न हुन्थ्यो मेरो गरिबीसंग तिम्रा केही प्रेम
रित्याएर आधा जिवन
फेरी आईपुग्यौ तिमी मेरो आगंनमा
यतिबेला तिमीसंग साट्ने
केही छैन मसंग
शिवाय दुई थोपा हर्षका आशुं
Recent Comments