Posted by: truelines | August 30, 2010

जब आफु नजिक कसैको मृत्यु हुन्छ

जब आफु नजिक कसैको मृत्यु हुन्छ

म सोच्छु

उनले मुक्ति पाए

मैले पिडा…

उनले शान्ति पाए

मैले दुःख ।

उनि कतै हराए

यो मुक्त आकाशमा

र नाचिरहनेछन

मेरो आखाँमा

सधैं हासँर ।

म वृद्ध हुनेछु

कुरुप हुनेछु

तर उनि सधैं उहि र उस्तै

नाचिरहनेछन

मेरो स्मृतिको

न्यानो चौतारीमा ।

हो, जो विते उनिहरु भाग्यमानी

हामी अभागी तड्पिरहेछौं

उनिहरुकै तृष्णामा

यो लामो यात्रा हो

उनि छिटै पुगेछन् आफ्नो गन्तव्यमा

आखिर भोली हामी पनि पुग्नै पर्छ ।

जब आफु नजिक कसैको मृत्यु हुन्छ

म सोच्छु

उनि विते र उनका सारा सपनाहरु

मेरै काँधमा थामेर गए

उनि विते र देखाएर गए

हाम्रो अन्तिम बाटो ।

सोच्छु यो भागदौडको जिन्दगीमा

उनि कतै फुत्केर गए

आखिर जहाँ गए पिन

कुनै दिन भेट्नेछु उनिलाई

कतै कतै कतै……। यो शुन्यतामा

त्यत्तिन्जेल सम्मको लागी

-अलविदा -


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Categories

Follow

Get every new post delivered to your Inbox.