२ वर्ष अघि संचारकर्मीहरु माझ नेपाली युवाका सवाल र समस्याबारे छलफल भईरहँदा संचारकर्मीहरुलाई यस युवाको प्रश्न थियो “मिडियामा युवाले गरेका सृजनात्मक र सकारात्मक कामहरुको साटो किन मनोरन्जन र विध्वंशका समाचार मात्रै बढि आउँछ ?” एक नाम चलेका पत्रकारले सजिलो जवाफ दिए “पत्रकारिकता पछिल्लो समयमा व्यवसाय हो र त्यसैले जे बिक्छ त्यही समाचार बन्छ ।” उनको जवाफ सहि थियो होला तर त्यसमा सन्तृष्ट हुन सकिने अवस्था थिएन । ६ महिना अघि केही युवाहरुले अनौपचारिक रुपले युवा सवालहरु नेपाली मिडियामा कत्तिको आउँछन् र कसरी आउँछन् भनेर एक हप्ते मिडिया अध्ययन गरे । उनिहरुमा निश्कर्षमा पुग्नु अघि नै निराश भए । युवाका जे जस्ता विषय र सवालले मिडियामा स्थान पाउनु पर्ने हो ति प्रायश ठुला र प्रतिष्ठित मिडियामा दलित झैं हुन्छन् । युवाका समाचार केलाउँदा विधार्थी संगठनहरुको बन्द हड्ताल झगडा र राजधानी लगायतका सहरहरुमा हुने डान्स पार्टी र फेसन सो आदीले अड्डा जमाएका छन् । जुन वास्तवमा महत्वका हिसाबले युवाका खासै चासोका विषय होइनन् ।
सुईट एक सय एक डट कममा प्रकाशित स्टेरियोटाईप्स ईन मिडिया भन्ने लेखमा लिज कर्मीक लेख्छन् अिधंकाश ठुला मिडियाहरु अपराध र िहंसा प्रधान समाचारहरु बढि छाप्छन् । र सिमान्तकृतहरु पनि त्यसै घटनामा जोडिएर आउँछन् । उदाहरण दिदैं उनि लेख्छन् अमेरिकामा काला जातीहरुको समाचार ग्याङ्ग युद्ध र लागु औषध संग जोडिएर आउँछ । तर उनिहरुले भोगिरहेका दुःखका समाचार भने कमै आउँछन् । यहि सन्र्दभलाई नेपाली संचार माध्यम र युवाका सवालसंग जोडेर हेर्न सकिन्छ ।
विगत ५ वर्ष भन्दा बढि समय देखी युवाका सवालबारे अध्ययन र अनुसन्धान गरिरहँदा नेपाल युवा संस्था संजाल लगायतका युवा संस्थाहरुले बुझेको कुरो हो युवाका बारेमा गफ र सतही बहस जति मात्रामा हुन्छन् त्यसको अनुपातमा युवा बारेमा गहिरो अध्ययन अनुसन्धान नगन्य छ । शायद यसै कारण पनि युवाका सवाल र समस्याहरु जे जति हुन् तिनमा विना अध्ययन जसरी देशका राजनीतिक कर्मी र सामाजिक अगुवाहरु ूयुवा देशका कर्णधार हुन् युवा देशका खम्बा हुन् ू जस्ता बतासे भाषण गर्छन् । युवाका विषय वस्तु र तिनलाई गरिएको न्यायलाई हेर्ने हो भने लगभग त्यस्तै बतासमै उडिरहेका भेटिन्छन् नेपालको मिडिया जगत् ।
केही उदाहरणहरुलाई हेरौं चार वर्ष अघि काठमाडौंमा केही किशोर युवाहरुले आफ्नो खाजा खर्चमा मितव्ययी भएर जोगाएको रकमबाट पत्रिका प्रकाशन गरे । आफ्नै सहपाठी परिवार र कलेज प्रश्ााषनको असहयोगको बाबजुद पनि पत्रिका निस्कियो । स्वभाविक रुपमा चम्किला र रसिला पत्रिकाहरुको माझमा ति पत्रिकाको सार्वजनिक विक्री शुन्य प्राय भयो । विषयवस्तुका हिसाबले युवाका शारिरिक मानसिक स्वास्थ्य रोजगारीका कुरा जिवन उपयोगी शिप यौन तथा प्रजनन स्वास्थय लगायतका सवालमा केन्द्रित त्यो जत्तिको युवा मैत्री र गुणस्तरिय पत्रिका आजभोली पनि बजारमा पाउनु मुश्किल नै छ । विक्री नभए पनि आफ्ना परिवार साथीभाई कलेजमा र विज्ञापन दाताहरुलाई जर्बजस्ती भिडाएर भएपनि केही हजार रुिपंया संकलन भयो । संकलन भएको रुिपंयाले उनिहरु बनभोज गएनन् बरु मिनभवनमा रहेको एक वृद्धाश्रमलाई आर्थिक र लत्ताकपडा सहयोग गर्ने निर्णय गरे । आफुले गरेको असल कामको प्रचार होस् भन्ने चाहानु स्वभाविक मानविय गुण हो तर तिनले आफुले गरेको कामको प्रचार संगै एउटा सन्देश प्रवाहित गर्न खोजेका थिए । तिनले विभिन्न दैनिक पत्र पत्रिका र केही टेलिभिजनका सम्पादकलाई गुहारे । तर पनि तिनका समाचारले पत्रिकाको कुनाकानीमा पनि स्थान पाएनन् । ति युवाको दुःख वृद्धाश्रममा भेला भएका घरबार नभएका वृद्धाहरुको खुशीको आशुं संगै बग्यो ।
केही दिन अघि संविधान सभा भवन अगाडी फेसबुकको निम्तोकै भरमा केही युवा जम्मा भएर धर्ना बसे भन्ने समाचार र फोटो प्रायश सबै राजधानी केन्द्रित ब्रोडसिटमा छापियो तर त्यसकै भोलिपल्ट केही युवा संस्थाहरुको फेसबुक आव्हानमा नेपाल पर्यटन वर्षको अवसरमा अन्र्तराष्ट्रिय विमानस्थल परिसरमा एक हजार युवा जम्मा भएर विमानस्थल सरसफाई गर्ने काम सम्पन्न भयो तर त्यो समाचार कुनैपनि ब्रोडसिटमा उभिन लाएक भएनन् । विमानस्थल फोहोर छ विमानस्थलमा उचित व्यवस्थापनको अभाव छ भनेर समाचार आईरहने मिडियामा एक हजार युवा उपस्थित भएर पर्यटन मन्त्रिकै अघि विमानस्थल सरसफाई गरेको विषय समाचार नै बनेन । राज्यलाई गालि गरेर राज्यका संरचनाहरु कमजोर छन् भनेर आलोचना मात्रै गर्नु भन्दा सृजनात्मक कामले पनि सकारात्मक दबाब दिन सकिन्छ भन्ने मान्यता बोकेका युवाहरुले गरेको कामलाई राज्यले प्रोत्साहान गरेन भनेर के भन्नु चौथो अङ्गले पनि कहाँ गरेको छ र
गएको वर्ष ूयाक्ट नाऊ अर्थात् अहिल्यै गरौं ूआफ्नै देशको लागी अहिले नगरे कहिलेू भन्ने स्वर्तस्र्फत फेसबुक अभियान शुरु भयो । फेसबुकबाट शुरु भएको सो अभियानले संविधान सभाका सबै सभाषद्लाई पत्र पठायो । िसंहदरबारको कडा सुरक्षालाई झुक्याएर व्यवस्थापिकाको कार्यालय छिरेका युवाहरुले सभाषद्लाई व्यक्तिगत रुपमा भेटेर पत्र बुझाए । पत्रमा दुईटा मात्र प्रश्न थिए ।
आदरनिय सभाषद् ज्यू,
के तपाईं तोकिएको मितिमै संविधान लेख्न गम्भिर हुनुहुन्छ ?
के जनताले दिएको भोटलाई विस्रनु त भएको छैन ?
चर्चा कमाउनु भन्दा पनि संविधान निर्माताहरुलाई गम्भिर हुन आग्रह गरेर अभियान थालेका युवाहरुले यस्तै काम दुई पटक गरे अनि हल्ला होस् भनेर सबै संचार माध्ययमलाई प्रेस विज्ञप्ती पठाए तर बिक्ने समाचारहरुको बैठकमा युवाहरुको यो कार्य ढोका बाहिरै पर्यो ।
राजधानीमै भईरहेका युवाका गतिविधीको त यो अवस्था छ भने देशका कुना काप्चामा बसेर सामाजिक परिवर्तनमा लागेका युवाहरुको गतिविधीले स्थानिय रेडियो स्थान पाए पनि धन्य । दाङ्ग जिल्ला र ललितपुरको दक्षिणी भेगका युवाहरुले दुई लाख भन्दा बढि पर्ने बाटो मर्मत आफ्नै पहलमा गरे । तिनीहरु पनि समाचार बनेनन् ।
युवालाई छोडेर महिलाको कुरा गरौं गएको माघ महिनामा मकवानपुर र चितवन जिल्लाका दुर्गम गाउँहरु घुमेर फर्कंदा त्याहाँ महिलाको प्रयास देखेर म जिल परेको थिएँ । द्धन्द्धको क्रममा सबैभन्दा बढि प्रताडित महिलाहरु एकजुट भएर गाउँको खानेपानी बन समिति बाटो समिति लगायतका समितिहरुमा अध्यक्ष लगायत बहुमत पदमा बसेका रहेछन् । अझ मकवानपुरको धियाँल गाउँका महिलाले १ लाख रुिपंयामा ९ लाख बाटो खनेछन् । यसैगरि बाँदरमुढे घटनाका कारण चर्चित बनेको माडी क्षेत्रका एकल महिलाहरुले गाविस परिषद्को वैठकमा ४०० को जुलुस लिएर गएर एकल महिलालाई सामाजिक सुरक्षाको निमित्त बजेट छुट्याएका रहेछन् । जुन कुरा जिल्लाकै संचारकर्मीहरुलाई पनि पत्तो रहेनछ ।
वरिष्ठ पत्रकार भैरव रिसालकै शब्दमा पत्रकारहरु धेरै पढ्दैनन् । र उनिहरुलाई धेरै पढ्ने फुस्रद हुन्न । नेपाली संचार माध्ययमले उठाएका सवालहरुलाई युवा आखाँले हेर्दा वरिष्ठ पत्रकारको भनाई कुनै सतही टिप्पणी मात्र लाग्दैन ।
विशेषगरि प्रजातन्त्रको पुर्नस्थापना पछि र लोकतान्त्रिक आन्दोलन पछि नेपालको मिडिया जुन रफ्तारले अघि बढेको छ । त्यो प्रसंसा नै गर्न लाएक छ । अब यसले उठाएका सवालहरुमा बहस हुनु जरुरी छ । संचार क्षेत्र एउटा उद्यम हो तर कपडा र कागजको व्यापार जस्तो समाचारको महत्वलाई पैसाको मुल्यसंग जोडेर हेर्न मिल्दैन । राजनीति जहाँ पनि पहिलो समाचार होला तर संकमणकालिन अवस्थामा नेताहरुको पाद टिप्पणीलाई समाचारको रुपमा प्रस्तुत गर्दैमा संचार क्षेत्रको भुमिका पुरा हुदैंन । जे बिक्छ त्यही छाप्ने भन्ने सजिलो उद्धेश्य भन्दा जसले समाजको हित गर्छ त्यही छाप्दै जाने भन्ने दिन कहिले आउला केही मुर्धन्य पत्रकारहरुलाई राजनीतिको नकारात्मक कुराहरु ग्ल्यामर र यौन नछाप्दा पत्रिका नचल्ने चिन्ता पनि हुन सक्छ तर समाचार संगै त्यसको प्रस्तुतीकरण पनि महत्वपुर्ण पाटो हो । के विषयलाई रोचक आकर्षक ढङ्गले प्रस्तुत गर्ने मेहेनत गर्न सकिन्न ?
मेरा एक पत्रकार मित्र भन्छन् संचार क्षेत्र र सरकारी क्षेत्रमा एउटा समानता छ । दुवैमा भन्सुन् चल्छ । चिनेको पत्रकार सम्पादक छ भने सानो समाचारले पनि ठुलो स्थान पाउँछ । कोही चिनेको छैनौ भने ठुलै काम गरे पनि त्यसले गतिलो स्थान नपाउन सक्छ । यतिबेला प्रश्न कसको समाचार आएन भन्ने होइन प्रश्न संचारले कस्तो समाचारलाई महत्व दिने भन्ने हो । कमसेकम विदेशी वा स्वदेशी नायिका मोडलको अर्धनग्न तस्विरले आधा पत्रिका ढाक्नुभन्दा सोही स्थानमा देशभित्र भईरहेका सकारात्मक समाचारले स्थान पाए एउटा सकारात्मक समाचारले अन्य हजारौं सकारात्मक समाचारहरु ल्याउन सक्छ । एउटा सकारात्मक समाचारले धेरै पाठक श्रोता र दर्शकमा पनि सकारात्मक परिवर्तन ल्याउन सक्छ । युवाले गरेका सकारात्मक कामहरुले एक हजार युवा बाहिर गईरहेको अवस्थामा केही न केही परिवर्तन त ल्याउला नै । के यसका लागी लागी संचार तयार नहुने कि पत्रिका बिक्दैन भनेर िहंसा अपराध र राजनीतिका कुरा मात्रै गरेर बसिरहने ?
Advertisement
Recent Comments