तिम्रो जन्मको घोषणापत्र लिएर आईपुगेको छु समृद्धीको मध्यान्तरमा उभिएको कोरियामा यो भुमण्डलका पुर्विय केन्द्रमा बगिरहेको हान नदि सोलको मधुरो घाम सबै सबै हेरिरेछु म केबल तिम्रै आँखाबाट भदौरे संक्रान्तिको पर्दा च्यातेर सिमसिमे झरी थामिदैं थियो प्रसुती वार्डको एक कुनाबाट तिम्री आमाको प्रथम प्रसव पिडा सुनेर वार्ड बाहिर काम्दै थिएँ म - एउटा लामो यात्राको तयारीमा अन्तराष्ट्रिय बिमानस्थलको राडरले निम्तोको संकेत दिदैं थियो नौ महिनाको गर्भिय जिवनबाट तिमीले मुक्तिको पहिलो पाईलो हाल्यौ तिम्रो सु-आगमनलाई स्वागत । निर्दाेष आखाँ र सुन्दर मुस्कानको सगुन पिएर शुरु भयो मेरो कोरिया यात्रा तिम्रो सगुनलाई स्वागत । तिम्रो मुक्ति यात्राको हर्षाेल्लासमा शहभागी हुन नपाउँदाको दोधारमा खाल्डै खाल्डो परेको मनभिर सगुन भरिदिएर केहि दिनलाई तिमीले दियौ बिदा बाई बाई छोरी । पि्रय छोरी, तिम्रो यात्रामा लैङ्गिक बिभेदको सिङ्गो पहाड छ छोरी हुनुको गहिरो दुःख छ तर ति सारा विभेदका पहाडलाई कुल्चिएर खोल्नुछ तिमीले उज्यालो दिनको ढोका तिम्रो हरेक कदमको साक्षी र साथी बनेर उभिरहँुला तिम्री आमा र म त्यो भन्दा पहिले हजारौं डाँडापारीको देशबाट तिम्रो कोमल पाउ चुम्न अधैर्य तिम्रो बाउ छिटै आउँदैछ तिम्रै गाउँमा तिम्री आमालाई भनिदेउ । अगष्ट २८ आईतबार हङ्गकङ्गको आकाशबाट
Advertisement
Recent Comments